काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजीनामा दिएर सर्वोच्च अदालतबाट बाहिरिन सार्क ल नेपालले अपिल गरेको छ।
नेपाल बार एसोसिएसन, सर्वोच्च बारसमेतको विश्वास गुमाइसकेका राणाले राजीनामा दिनु समग्र न्यायपालिकाको स्वतन्त्र, स्वच्छ, निश्पक्षताका लागि उचित देखिएको सार्क ल नेपालको अपिलमा जनाइएको छ।
विकृति, विसंगति, भष्ट्राचार नियन्त्रण गरी न्यायालयको समग्र सुधार गर्नका लागि प्रधानन्यायाधीश बाधक देखिएको भन्दै सार्क ल नेपालले न्यायालयको साख, इज्जत प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने संवैधानिक दायित्वबाट पूर्ण रुपमा विमुख भएको राणामा पदीय जिम्मेवारी, आचरण र नैतिकता एवं कार्यक्षमता समेत नदेखिएको आरोप लगाएको छ।
सार्क ल नेपालले प्रधानन्यायाधीशको बहिर्गमनका निम्ति संवैधानिक दायित्व निर्वाह गर्न संसद, राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।