काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालन गरेको नेशनल पेमेन्ट स्विचमा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड पनि सहभागी भएको छ। एनसीएचएल र फाइनान्सबीच सोसम्बन्धी सम्झौता भएको हो।
उक्त सम्झौतामा गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि फाइनान्सले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरण, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ।
हाल नेशनल पेमेन्ट स्वीचमा ३५ वटा बैंक÷वित्तिय संस्था र ३ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३८ वटा संस्था आबद्ध रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।