काठमाडौं– मंगलबार अघिल्लो दिनको तुलनामा सुनचाँदी दुवैको मूल्य घटेको छ। सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय तथा चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अघिल्लो दिन छापावाला सुन ९३ हजार ८ सय तथा तेजाबी सुन ९३ हजार ३ सय रुपैयाँमा प्रतितोलामा खरिद बिक्री भएको थियो।
यस्तै, आज चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन स्थिर रहेको चाँदी १२ सय ३५ रुपैयाँमा प्रतितोलमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।