काठमाडौं- परीक्षामा चिट चोर्न नपाएको भन्दै शिक्षकमाथि कुटपिट भएको छ।
मंगलबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा चिट चोर्न नपाएको भन्दै शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको आरआरका लेक्चर ऋषिकेश दाहालले जानकारी दिएका छन्। दाहालका अनुसार शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ।
'चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ। उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ। यसभन्दा लज्जाको विषय के होला? कस्तो शिक्षा दिइरहेका छौं हामीले' दाहालले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रयोगात्मक परीक्षाका विषयमा विवाद हुँदा विद्यार्थी कुबेर जेठाराले उनीमाथि कुटपिट गरेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।