काठमाडौं- नेपाली कांग्रेसको प्रदेश-२ सभापतिका लागि विमलेन्द्र निधिले अघि सारेका रामसरोज यादवलाई नेता डा शेखर कोइराला पक्षले सघाउने भएको छ।
यादव प्रदेश २ मा संसदीय दलका नेता तथा मन्त्री पनि हुन्। निधि पक्षीय यादव धनुषाका पूर्व जिल्ला सभापतिसमेत हुन्। प्रदेश २ को अधिवेशनमा सहकार्य गर्न महामन्त्री गगन थापा र नेता चन्द्र भण्डारीले तीन दिन अघि निधिलाई भेटेका थिए।
संस्थापन पक्षले पार्टीको प्रदेश २ सभापतिमा कृष्ण यादवलाई उम्मेद्वार बनाउने भएको छ।
१३ औं महाधिवेशनबाट रौतहटको पार्टी सभापति बनेका यादवलाई संस्थापनले प्रदेश सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो।
संस्थापन पक्षका नेता गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाण, नवनिर्वाचित सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, रामहरि खतिवडा, उदयशमशेर राणा, आनन्द ढुंगाना रमेश रिजालसहितका नेताहरुको बैठकले यादवलाई प्रदेश सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको हो।
प्रदेश २ मा आज नयाँ नेतृत्व चयनका लागि उम्मेद्वारी मनोनयन र भोलि प्रदेश अधिवेशन उद्घाटनको कार्यक्रम तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।