काठमाडौं– नेकपा माओवादी केन्द्रले प्रदेश १ को प्रदेश सभा बैठक बोलाएको छ। बुधबार बोलाएको २५९ सदस्यीय प्रदेश समितिले सर्वसम्मत पदाधिकारी चयन गर्न नसके चुनाव हुने भएको छ।
प्रदेश अध्यक्षका लागि पार्टी केन्द्रीय सदस्यबाट नबस्ने भएपछि प्रदेश सदस्यबाट चयन गरिने केन्द्रीय सदस्य हेमराज भण्डारीले बताए। ‘हामी केन्द्रीय सदस्यबाट प्रदेश समितिमा नबस्ने मोटामोटी सहमति भएको छ। अब प्रदेश सदस्यबाट पदाधिकारी चयन हुनेछ,’ भण्डारीले भने, ‘बुधबार बोलाएको प्रदेश समिति बैठक पदाधिकारी सर्वसम्मत नभमा चुनावमा जान्छौं।’
अहिलेसम्म प्रदेश अध्यक्षमा हर्कबहादुर नेम्वाङ, शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, मोहनकुमार खत्री, धु्रवबहादुर बुढाथोकी, देवान किराँती, हेमकुमार कार्की, मणिकुमार साम्पाङलगायतले दाबी गरेका छन्। यी मध्येबाट छलफल गर्दै गएमा सर्वसम्म्त पनि हुन सक्ने नेताहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।