काठमाडौं– संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो बस्दैछ।
बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दै छ। त्यसअघि ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्दैछ।
आजको बैठकमा यौन हिंसाविरूद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश तथा फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन अध्यादेश स्वीकृतीका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्को नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गरेको थियो । उसले दशौं अधिवेशनका बैठक पनि चल्न नदिने रणनीति तय गरेको छ ।
मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेका थिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।