काठमाडौं– हाल हाल देशमा न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकि भू–भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सु/कुहिरो लाग्ने छ।
दिउँसो देशका अधिकांश पहाडी भूभागम आंशिक बदली रहने तथा अन्यत्र मौसम सफा रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको जनाइएको छ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।