काठमाडौं– वैदेशिक रोजगारीका नाममा हुने दक्ष जनशक्ति पलायन रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताएका छन्।
मन्त्रालयले स्वदेशमै रोजगारी सृजना गर्नुका साथै वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियालाई निरुत्साहित हुने गरी काम गररहेको उनले बताए।
दमौलीमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने गरेका ठगी धन्दाको अन्त्य गरिने प्रतिवद्धतासमेत व्यक्त गरे। विचौलियालाई कानुनी कठघरामा उभ्याइने उनको भनाइ थियो।
वैदेशिक रोजगारका नाममा ठगी गर्ने कतिपय म्यानपावर कम्पनीलाई कारबाही गर्न थालिएको मन्त्री श्रेष्ठले जानकारी दिए।
श्रम स्वीकृति लिने व्यवस्था सातवटै प्रदेशबाट गरिएको र सातवटै प्रदेशमा सामाजिक सुरक्षा कोष स्थापना गरिएको उनको भनाइ थियो।
श्रम सम्झौता गरेर मात्रै अधिकांश देशमा रोजगारीमा पठाउन जोड दिइएको मन्त्री श्रेष्ठले बताए। आगामी दिनमा सरकारीस्तरमा सम्झौता गरेर मात्रै नेपालबाट कामदार पठाइने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।