काठमाडौं– सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डे नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले पाण्डेलाई आगामी माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
२०७० सालदेखि सानिमा बैंकमा कार्यरत पाण्डेले असोज २०७८ देखि बैंककै नायव प्रमुखकार्यकारी अधिकृतको रुपमा जिम्मेवारी निभाउँदै आएका थिए। बैंकिङ्ग क्षेत्रमा २६ वर्ष लामो अनुभव संगालेका पाण्डे यसअघि नविल बैंकमा १८ वर्ष काम गरिसकेका छन्।
कर्जाको विषयमा राम्रो विज्ञता राख्ने उनले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।