काठमाडौं- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं पूर्वमन्त्री मातृका यादवले सत्ता गबन्धन नटुट्ने दाबी गरेका छन्।
अहिलेको गठबन्धन टुटाएर संसद्बाट एमसीसी पारित नहुनेसमेत यादवले दाबी गरे।
‘अहिलेको संसद्ले एमसीसी पारित गर्दैन। त्यसको लागि ओली र देउवा मिल्नुपर्छ। देउवाजीले यो गठबन्धन तोडेर एमसीसी पारित गर्नुहुन्छ भन्ने लाग्दैन,’ नेपाल लाइभसँग कुरा गर्दै यादवले भने, ‘पहिला देउवाजी पहिलो संसद् विघटन हुँदा ओलीसँगै मिल्नुभएको थियो। अर्ली इलेक्सनमा सहमत हुनुहुन्थ्यो। पछि हेर्दै जाँदा ओली वडा खतरानक रहेछन् भन्ने उहाँलाई परेको छ।’
देउवालाई ओलीका विषयमा माओवादी नेताहरु र कांग्रेसकै नेताहरुले बुझाएपछि प्रस्ट भएको यादवले बताए। देउवा स्वयं गठबन्धनकै पक्षमा भएकाले गठबन्धन टुट्ने कल्पनासमेत गर्न नसकिने यादवले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।