काठमाडौं– एशेज सिरिजअन्तर्गत दोस्रो टेस्ट खेलमा घरेलु टोली अस्ट्रेलियाले इङ्ल्याण्डमाथि २ सय ७५ रनको फराकिलो जित हात पारेको छ।
४ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्ड अन्तिम दिन अन्तिम सेसनमा १ सय ९२ रनमा अल आउट भयो। योसँगै पाँच टेस्ट खेलको एशेज सिरिजमा अस्ट्रेलियाले २–० को अग्रता लिएको छ। इङ्ल्याण्डका क्रिस वोक्सले सर्वाधिक ४४ रन बनाए। उनले ९७ बलमा ७ चौका प्रहार गरेका थिए।
विकेटकिपर जस बटलर २६ रनमा आउट भए। ओपनर रोरी बन्र्स ३४ रनमा आउट भए। जो रुट २४, डेविम मलान २० र हसिब हमिद शून्य रनमामा आउट भए। अस्ट्रेलियाका तीव्र गतिका बलर झेय रिचर्ड्सनले सर्वाधिक ५ विकेट लिए। मिचेल स्टार्क र नाथन लायनले २र२ विकेट लिए।
अस्ट्रेलियाले २३०–९ को अवस्थामा दोस्रो इनिङ्स समाप्तिको घोषणा गरेको थियो। पहिलो इनिङ्समा अस्ट्रेलियाले २ सय ३७ रनको अग्रता लिएको थियो। समग्रमा ४ सय ६७ रनको अग्रता लिएको थियो।
अस्ट्रेलियाका मार्नस लाबुसेन र ट्रर्विस हेडले ५१/५१ रन बनाए। युवा अलराउन्डर क्यामरन ग्रिन ३३ रनमा अविजित रहे। डेविड वार्नर १३ र स्टिभ स्मिथ ६ रनमा आउट भए।
इङ्ल्याण्डका जो रुट, डेविड मलान र ओली रोबिनसनले २/२ विकेट लिए। त्यसअघि इङ्ल्याण्ड पहिलो इनिङ्समा ८४.१ ओभरमा २ सय ३६ रनमा अलआउट भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।