काठमाडौं- महावीर एसएएएले प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगितामा विजय सुरुआत गरेको छ। केसीटीसीलाई सात विकेटले पराजित गर्दै महावीरले विजयी सुरूआत गरेको हो।
समूह ‘ए’ को खेलमा केसीटीसीले दिएको ९२ रनको सामान्य लक्ष्य महावीरले १२.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो।
महावीरका लागि बिभात्सु थापाले सर्वाधिक ३० रन बनाए भने सुमन उदयले २६, रविन जोशीले २० र उज्वल थापाले आठ रनको योगदान दिए।
केसीटीसीका राकेश चौरासियाले दुई र मनिसकुमार साहनीले एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको केसीटीसीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो।
केसीटीसीका लागि मदनराज उपध्यायले सर्वाधिक २० रन बनाए। यस्तै, कस्मिर ओलीले १९ र शिवकुमार राजभरले १६ रन बनाए।
महावीरका उज्वलले ४ विकेट लिए। प्रतिस जिसीले तीन र चन्द्रकुमार बुढा र दिपेन्द्र मैनालीले समान एक विकेट लिए।
खेलको प्लेअर अफ दी म्याच महावीरका उज्वल घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।