काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ। आइतबार राति घरेलु मैदानमा सम्पन्न खेलमा रियल कार्डिजसँग गोल रहित बराबरीमा रोकिएको हो।
लिगको शीर्ष स्थानमा रहेको रियलले रेलिगेशनबाट बच्न संघर्षरत कार्डिजसँग बराबरी खेल्दै अंक बाँडेको हो।कोभिड संक्रमणका कारण रियलका मुख्य ६ खेलाडी मैदानबाहिर छन्।
यो बराबरीसँगै रियलको पछिल्लो १० खेलको जितको शृंखलामा समेत पूर्ण विराम लागेको छ।
बरारीसँगै रियलले दोस्रो स्थानको सेभिलासँग अंक दूरी बढाउने अवसरसमेत गुमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।