काठमाडौं– आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको प्लस टुतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।
महालक्ष्मीस्थानस्थित घरेलु कोर्टमा अक्सब्रिजले बर्नहार्टलाई १९–१० ले पराजित ग¥यो। अक्सब्रिजका सिर्जन महतले १० स्कोर गरे।
प्लस टुमै टाइम्स, नवोदित र टिम रुकिज पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे।
टाइम्सले क्याम्प अन द कोर्टलाई १९–१५ ले हरायो। टाइम्सका पेम्बा शेर्पाले ८ अंक जोडे। नवोदितले युलेन्सलाई १०–९ तथा रुकिजले ह्वाइटहाउसलाई १६–१४ ले पाखा लगाए।
सेमिफाइनलमा अक्सब्रिजले टाइम्स तथा नवोदितले रुकिज विरुद्ध प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगिताको प्याब्सनका केन्द्रीय उपमहासचिव आरबी कट्वाल र अक्सब्रिजका प्रिन्सिपल डा कृष्णप्रसाद पाण्डेले निर्णायक दुर्गा थापालाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे।
प्रतियोगिताअन्तर्गत सोमबार बेचलर्सतर्फ खेल हुने प्रतियोगिता संयोजक विमल कार्कीले जानकारी गराए। प्लस टु र बेचलर्सतर्फ समान २०–२० टिम सहभागी छन्। फाइनल मंगलबार हुने छ। नगद पुरस्कार पनि राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।