काठमाडौं- नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ पराजित हुने शेखर कोइरालापक्षका मध्ये आठ जना चर्चित अनुहार रहेका छन्। उनीहरु पूर्वमन्त्री, पूर्वउपकुलपतिदेखि पूर्वराजदूतसम्म रहेका छन्।
आइतबार सार्वजनिक मत परिणामअनुसार ३५ जना खुला केन्द्रीय सदस्यमा नपर्नेमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तीर्थ खनियाँ, पूर्वविद्यार्थी नेता मनोजमणि आचार्य, पूर्वमन्त्री तथा कास्कीका पूर्वजिल्ला सभापति यज्ञबहादुर थापा, गोरखाबाट गत निर्वाचनमा प्रदेश सभामा पराजित राजेन्द्र बजगाईं, ट्रेड युनियनका पूर्वनेता लक्ष्मणबहादुर बस्नेत, युवा नेता लोकेश ढकाल र पूर्वराजदूत सुरेशचन्द्र चालिसे रहेका छन्।
कार्कीले १६४४, खनियाँले १४८२, आचार्यले २६५४, यज्ञ थापा १४६०, बजगाईं १३५३, बस्नेत १२३७ र चालिसेले १२९४ मत प्राप्त गरेका छन्।
सभापति शेरबहादुर देउवापक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। कोइरालापक्षबाट पुराना अनुहार नै दोहोरिएका छन्। उनको प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने अधिकांश नयाँ अनुहार थिए।
शेखरपक्षबाट जो हारे
-केदार कार्की (प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री)
-डा तीर्थ खनियाँ (त्रिविका पूर्वउपकुलपति)
-मनोजमणि आचार्य (पूर्वविद्यार्थी नेता)
-यज्ञबहादुर थापा (पूर्वमन्त्री तथा कास्कीका पूर्वजिल्ला सभापति)
-राजेन्द्र बजगाईं (गोरखाबाट गत निर्वाचनमा प्रदेश सभामा पराजित, १३औं अधिवेशनमा पनि केन्द्रीय सदस्यमा पराजित।)
- लक्ष्मणबहादुर बस्नेत (ट्रेड युनियनका पूर्वनेता)
- लोकेश ढकाल (युवा नेता)
- सुरेशचन्द्र चालिसे (पूर्वराजदूत)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।