फाइल तस्बिर।
काठमाडौं– सत्तारूढ गठबन्धनको बैठक जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ दलहरुको बैठक बसेको हो। गठबन्धनको बैठक सकिएलगत्तै आजै बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ।
एमसीसी लगायत संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। उक्त बैठकमा संसदको ठूलो दल प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी नहुने निर्णय गरिसकेको छ।
प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।