काठमाडौं– जर्मन बुन्डेसलिगाअन्तर्गत बायर्न म्युनिखले वल्फ्सबर्गलाई पराजित गरेको छ। शनिबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नले ४–० को जित हासिल गरेको हो।
बायर्नले खेलको सातौं मिनेटमा थोमस मुलरको गोलमा अग्रता लिएको थियो। खेलको ५७औं मिनेटमा बायर्नले अग्रता दोब्बर पार्यो। मुलरको क्रसलाई डायोट उपामेकानोले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको दुई मिनेटमा नै सानेले गोल गर्दै घरेलु टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए। खेलको ३ मिनेट समय बाँकी रहँदा रोबर्ट लेवान्डोस्कीले चौथो गोल गरे।
जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ। १७ खेलमा बायर्नले ४३ अंक जोडेको छ भने दोस्रो स्थानको बोरुसिया डर्टमुन्डले १६ खेलमा ३६ अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।