काठमाडौं– प्रथम अक्सब्रिज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ।
प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए।
प्लस टु तथा बेचलर्सतर्फ समान २०–२० टिमको सहभागिता रहने अक्सब्रिजका जर्नालिस्ट लेक्चरर मोहन भट्टराईले जानकारी दिए।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ। एक्सेल ग्लोबल सर्मिसेसको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा नगद पुरस्कार पनि राखिएको छ।
तीन दिने प्रतियोगिताका खेलहरु महालक्ष्मीस्थानस्थित आयोजक अक्सब्रिजकै कोर्टमा हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।