काठमाडौं– फ्रान्सका प्रधानमन्त्री जीन कास्तेक्सले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन युरोपेली मुलुकमा बिजुलीको गतिमा फैलिरहेको बताएका छन्। उनले आगामी वर्षको सुरुमा यो भेरियन्ट युरोपमा प्रभावशाली हुने चेतावनी दिएका छन्।
कास्तेक्सको यो चेतावनीसँगै फ्रान्सले बेलायतबाट आउने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाएको छ।
अहिलेसम्म, बेलायतमा सबैभन्दा बढी ओमिक्रोन संक्रमण फेला परेका छन्। शुक्रबार मात्र १५ हजार जनामा ओमिक्रोन संक्रमण देखिएको बीबीसीले जनाएको छ।
युरोपेली स्वास्थ्य अधिकारीहरूले यस भेरियन्टको कारण आउने लहरको सामना गर्न सबै राष्ट्रहरुलाई आग्रह गरेका छन्।
फ्रान्सपछि जर्मनी, आयरल्याण्ड र नेदरल्याण्डले पनि संक्रमण रोक्न नयाँ प्रतिबन्ध लगाएका छन्।
युरोपमा हालसम्म ८ करोड ९० लाख कोभिड–१९ संक्रमण पुष्टि भइसकेको छ । यस्तै, १५ लाख मानिसको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।