काठमाडौं- बंगलादेश र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धमा १९७१ को युद्धपछि बरफ जमेको थियो।
यसका बाबजुद दुबै देशका बीच राजनीतिक सम्बन्ध रहेको छ र दुवै इस्लामिक देशको संगठन अर्गनाइजेशन अफ इस्लामिक को अप्रेसनको सदस्य हो।
पाकिस्तानको राजधानी इस्लामावादमा ओआइसीका विदेश मन्त्रीको काउन्सिलको विशेष बैठक अफगानिस्तानको स्थितिबारेमा छलफल गर्न आजबाट सुरु हुन लागेको हो।
यस बैठकमा सहभागी हुनका लागि बंगलादेशले मन्त्री स्तरीय प्रतिनिधिमण्डललाई पाकिस्तान पठाउँदै छ।
बंगलादेशको पत्रिका ढाका ट्रिब्यूनका अनुसार, बंगलादेशको विदेश राज्य मन्त्री मोहम्मद शहरयार आलम र विदेश सचिव मसूद बिन मोमिन इस्लामाबाद पुग्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।