काठमाडौं- जारी इटालियन सिरी ए फुटबल अन्तर्गत शीर्ष स्थानको इन्टर मिलानले जित दर्ता गरेको छ।
शुक्रबार राति भएको खेलमा अबे मैदानमा भएको खेलमा इन्टर मिलानले सालेर्नितानालाई ५–० ले पराजित गरेको हो। इन्टर मिलानका लागि पेरिसिक, डुम्फ्रिएस, एलेक्स सान्चेज, मार्तिनेज र गाग्लिएर्डिमीले गोल गरेका हुन्।
सान्चेजले लगातार तेस्रो खेलमा गोल गरेका छन्। यस जितसँगै इन्टर १८ खेलमा ४३ अंक जोडेको छ। इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। सालेर्निता ८ अंक जोडेर पुछारमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।