काठमाडौं– उत्तर एटलान्टीक सन्धि सङ्गठन (नाटो) को रक्षा मन्त्रीहरूको सम्मेलन यही जनवरी १२ र १३ मा हुने भएको छ।
नियमित यस सम्मेलन ब्रसेल्समा हुन लागेको नाटोका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्।
दुईदिने त्यस सम्मेलनमा विषेश गरेर युक्रेनका बारेमा छलफल हुने पनि अधिकारीहरूले जनाएका छन्।
‘नाटोको उच्च सैन्य अधिकारीहरूको सम्मेलन यही जनवरी १२ देखि १३ तारिखसम्म बेल्जियमको ब्रसेल्समा गर्ने निर्णय भएको छ,’ सङ्गठनका एक अधिकारीले भने।
सङ्गठनले आफ्नो वेबसाइटमा राखेको वक्तव्यका अनुसार नाटोका आगामी रणनीतिक योजनाहरूका बारेमा समेत सम्मेलनमा छलफल हुनेछ।
नाटोको सुरक्षासम्बन्धी सल्लाह दिने मुख्य संयन्त्रको रूपमा रहेको रक्षा मन्त्रीहरूको सम्मेलनलाई महत्वका साथ हेरिएको छ।
नाटोका रक्षा मन्त्रीहरूको बैठक हरेक वर्ष कम्तीमा तीन पटक बस्ने गरेको छ। त्यसमा नाटोले लिएका निर्णय र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्दै भावी योजना र रणनीतिहरूका बारेमा गम्भीर छलफल हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।