काठमाडौं– नेपाली महिला टोली साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ।
बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न खेलमा भुटानलाई ४–० गोलअन्तरले हराउँदै गर्दै नेपाल फाइनलनजिक पुगेको हो।
नेपालको जितमा मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक–एक गोल गरिन्।
खेलको सुरुआती समयदेखिनै आक्रमक खेल पस्किएको नेपालले दोस्रो मिनेटमै आग्रता लिएको थियो। नेपालका लागि मेनुकाले गोल गरेकी थिइन्।
यस्तै, १८औं मिनेटमा कुशुमले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन्। त्यसको तीन मिनेट भित्रै नेपालले अर्को गोल गर्यो। २१औं मिनेटमा रजनीले गोल गरेकी हुन्।
नेपालले दोस्रो हाफमा पनि एक गोल गरेको थियो। ७२ औं मिनेटमा मेनुकाले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरिन्।
राउण्ड रोबिनको आधारमा चलिरहेको प्रतियोगितामा ३ खेलमध्ये २ मा जित र १ मा बराबरीको नजिता निकालेको नेपालले ७ अंक जोडेको छ।
आयोजक बंगलादेशको पनि ३ खेलमा सात अंक रहेको छ। यता, भारतले भने ३ मध्ये २ मा जित र १ मा पराजय भोग्दै ६ अंक जोडेको छ।
नेपालले अब डिसेम्बर १९ मा भारतको सामना गर्नेछ र सोही खेलको नतिजाले नेपालको फाइनल खेल्ने सपनालाई निर्धारण गर्नेछ। यता,४ खेलमध्ये १ मा जित निकालेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।