काठमाडौं– ‘अन्तर सहकारी मैत्रीपूर्ण फुट्सल प्रतियोगिता २०७८’ सुरु भएको छ।
खेलमार्फत् सहकारी संस्थाको हार्दिकता र सहकार्य मजबुत बनाउने उद्देश्यले उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेकाे प्रतियोगिता काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४, माकलबारीस्थित मनकामना फुट्सल ग्राउन्डमा सुरु भएको हो।
खेल सुरु गर्दै गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सहकारी संस्थाहरुलाई जागरुप बनाई रहने यस्तो प्रतियोगितालाई नगरपालिका सधैं स्वागत गर्ने बताए।
प्रतियोगितामा शुभप्रवाह साकोस, सिन्धु काठमाडौं साकोस, सिन्धु भोटेचौर साकोस, गोकर्ण साकोस, जय श्री भैरव साकोस, कल्याण कोष बहुउद्देयीय सहकारी संस्था लि, नवसृजनशील साकोस, बोधिसत्व साकोस, उमङ्ग साकोस, चट्टान साकोस, संपदा सामुदायिक कृषि सहकारी संस्था लि र उज्यालो संपद साकोस गरी १२ टिमले सहभगीता जनाएका छन।
प्रतियोगिताका प्रथम विजेताले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार प्राप्त गर्नेछन्। यसैगरी, सहभागी सबैलाई प्रशंसा पत्रसहितको सहभागिता प्रमाणपत्र प्रदान गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत नविन नेपालले जानकारी दिए। प्रतियोगिता भोलिसम्म चल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।