काठमाडौं– प्रोगेसिभ फाइनान्स कम्पनीले आफ्ना सेयर लगानीकर्तालाई पहिलोपटक लाभांश दिने घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ७.३६ प्रतिशत बोनस सेयर र उक्त सेयरमा प्रयोग हुने कर सहित ०.३६ प्रतिशत नगद लाभांश दिन लागेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र प्रोग्रेसिभको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ। कम्पनीले हाल कायम ८० करोड १ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश घोषणा गरेको हो।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी पनि बृद्धि हुनेछ। गत अर्थिक वर्ष भन्दा अघिल्ला आर्थिक वर्षहरुमा कम्पनीले लगानीकर्तालाई लाभांश बाँडेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।