काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको मतगणना जारी छ। अहिले सहमहामन्त्रीको मतगणना भइरहेको हो।
पार्टी कार्यालय सानेपामा क्लस्टर अनुसार भइरहेको मतगणनामा थारु क्लस्टरमा उमाकान्त चौधरीले र पिछडिएको क्षेत्रमा बद्री पाण्डेले अग्रता बनाएका छन्।
शुक्रबार थारु क्लस्टरको १ पदका लागि भइरहेको मतगणनामा उमाकान्तले अग्रता बनाएका हुन्। १ हजार मत गणना हुँदा उनले ५४२ मत पाएका छन्। अर्का उम्मेदवार तेजुलाल चौधरीले ४४२ मत पाएका छन्।
खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त सिटौला पक्षका हुन्, उनी देउवा प्यानलबाट उम्मेदवार बनेका थिए।
उता, पिछडिएको क्लस्टरमा ३१३ मत गन्दा शेखर कोइराला प्यानलका पाण्डेले १५७ मत पाएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका जीवनबहादुर शाहीले १४४ मत पाएका हुन्। उनी देउवा पक्षका हुन्।
बिहीबार तीनवटा क्लस्टरको मतगणना भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।