काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
शुक्रबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।