काठमाडौं– कृषि विकास बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले २१.०५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।
बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
यस्तै, नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने निर्णय बैठकले गरेको छ।
प्रस्तावित लाभांश नियामक राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ। गत वर्ष बैंकले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।