काठमाडौं– पोखरा फाइनान्सले गतआवको मुनाफाबाट साढे आठ प्रतिशत लाभांश घोषणा गरेको छ।
कम्पनीको बिहीबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीलाई ८.०७५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा फाइनान्सको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।