काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुलले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ। बिहीबार राति घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै लिभरपुलले ३–१ को जित हात पारेको हो।
लिभरपुलको जितमा डिएगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डले एक÷एक गोल गरे। न्यूक्यासलका लागि जोन्जो सेल्भेले गोल गरेका थिए।
खेलको सातौं मिनेटमा जोन्जो सेल्भेको गोलबाट न्यूक्यासलले अग्रता लिएको थियो। खेलको २१औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
त्यसलगत्तै २५औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै टोलीलाई २–१ को स्थितिमा पुर्याए। निर्धारित समयको खेल सकिनै लाग्दा ट्रेन्ट एलेक्सान्डर अर्नाेल्डले गोल गर्दै लिभरपुललाई ३–१को जित दिलाए।
यो जितसँगै दोस्रो स्थानमा यथावत रहेको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ। लिभरपुलको १७ खेलबाट ४० अंक रहेको छ भने समान खेलबाट सिटीको ४१ अंक छ। पराजित न्यूक्यासल १० अंकका साथ १९औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।