काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री (दलित)मा जीवन परियार विजयी भएका छन्।
कांग्रेस सभापतिमा पराजित भएका शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीका उम्मेदवार रहेका परियार शेरबहादुर देउवा प्यानलका उम्मेदवार मानबहादुर विश्वकर्मालाई पराजित गर्दै विजयी भएका हुन्।
सहमहामन्त्री (दलित)मा विजयी भएका परियारले २२१२ मत ल्याए। उनका प्रतिस्पर्धी विश्वकर्माले २१२७ मत ल्याए।
जम्मा ३७ मत बढी ल्याएर परियार सहमहामन्त्रीमा विजयी भए।
परियार नेपाली कांग्रेसको यसअघिको केन्द्रीय कार्यसमितिका सदस्य थिए। उनी कांग्रेस निकट दलित संघको महासचिव समेत भइसकेका छन्।
संविधान सभाका सदस्य समेत रहेका परियारले कास्कीबाट कांग्रेसको राजनीति सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।