काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडका दुई खेलाडीलाई कोरोना संक्रमण भएको छ। रियलले आफ्नो दुई खेलाडी डिफेन्डर मार्सेलो र मिडफिल्डर लुका मोड्रिचलाई कोरोना पुष्टि भएको जानकारी दिएको हो।
अब यी दुई खेलाडी कम्तीमा १० दिन आइसोलेसनमा बस्नेछन्। रियलले सोमबार राति घरेलु मैदानमा क्याडिजसँग प्रतिस्पर्धा गर्दैछ। रियल १७ खेलबाट ४२ अंक जोडेर शीर्षस्थानमा रहेको छ। रियलले यो सिजन ला लिगामा १७ खेल खेल्दा १३ जित, ३ बराबरी र १ हारको नतिजा निकालेको छ।
तर, दुवै खेलाडीले युरो लिगको १५ चरणको अन्तर्गत ओलम्पिया मिलानविरुद्धको खेलका लागि उपस्थित रहने रियलका सहायक प्रशिक्षक वाल्टर ताभारेजले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।