काठमाडौं– नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल लेखक संघको अध्यक्षमा डा. धनप्रसाद सुवेदी चयन भएका छन्। संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट बुधबार उनी अध्यक्षमा चयन भएका हुन्।
संघको उपाध्यक्षमा स्वप्निल स्मृति, केशव लोचन शर्मा, सुमित्रा बाङ्देल ‘चेली’, रामहरि श्रेष्ठ चयन भएका छन्। महासचिवमा नारायण मरासिनी चयन भएका छन्।
सचिवहरूमा कौशल्या रिसाल, जित अधिकारी, पञ्चकुमारी परियार, लोक लामा र कोषाध्यक्षमा प्रकाश तिवारी चयन भएका छन्। सुवेदीको नेतृत्वमा ५५ सदस्यीय कमिटी बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।