काठमाडौं– साताको अन्तिम कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक १.१५ अंक बढेको छ।
बुधबार ४.२३ अंक घटेर २४१४.६२ विन्दुमा बन्द भएको नेप्से आजको उक्त सेसनमा १.१५ अंक बढेर २४१५.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.३८ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ११ कम्पनीको १५ लाख ७६ हजार ४५९ रुपैयाँबराबरको ३ हजार ९२ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबारमा आएकामध्ये ६ कम्पनीको सेयरमूल्य बढेको छ भने एउटाको घटेको छ। सो सेसनमा बाँकी चार कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।