काठमाडौं– सेन्ट्रल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
फाइनान्स सञ्चालक समितिको बैठकले ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ३.३ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
हाल ८८ करोड १० लाख ३५ हजार रहेको फाइनान्सको चुक्ता पूँजी प्रस्तावित बोनस सेयर वितरणपश्चात ९४ करोड ८८ लाख ७५ हजार ४५८ रुपैयाँ ७२ पैसा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।