काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले १८ हजार ६ सय कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ। कम्पनीका संस्थापक सेयरधनी राम लगन मंडरको नाममा रहेको १८ हजार ६०० कित्ता संस्थापक सेयर विक्रीका लागि कम्पनीले बिहीवार ३५ दिने सूचना जारी गरेको हो।
उक्त सेयरको न्यूनतम प्रतिकित्ता मूल्य भने तोकिएको छैन। कम्पनीले केन्द्रिय कार्यालय सप्तरीमा आफूले खरीद गर्ने सेयरको कित्ता खुलाई निवेदन दिन अनुरोध गरेको छ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिमा उक्त सेयर विक्री गरिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।