काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा संगीता मिश्राले पाएकी छिन्। मन्त्रालयले उनलाई बुधबार प्रवक्ताको जिम्मा दिएको हो।
उनी गत साता मात्र मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा आएकी थिइन्। उनले आजबाट प्रवक्ताको जिम्मेवारी सम्हाल्ने बताइन्।
यसअघि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेलले सम्हाल्दै आइरहेका थिए। डा पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुन्। उनले महाशाखाको निर्देशकसहित मन्त्रालयको प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए। अब भने उनले महाशाखा प्रमुखको जिम्मेवारी मात्र सम्हाल्ने भएका छन्।
डा मिश्रा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट मन्त्रालयमा सरुवा भएर आएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।