काठमाडौं– सर्वोच्च अदालतपछि अब उच्च तथा जिल्ला अदालतमा पनि गोला प्रणालीबाट पेसी तोकिने भएको छ।
उच्च र जिल्ला अदालतमा आगामी माघ २ बाट गोला प्रणाली लागू गर्ने निर्णय सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकले गरेको हो। बुधबार बसेको पूर्ण बैठकले माघ १ सम्म गोला प्रणालीमा जान सम्पूर्ण तयारी गर्ने र २ गतेदेखि लागू गर्ने निर्णय गरेको हो।
उक्त व्यवस्था लागू गर्ने गरी यसअघि नै मातहतका अदालतमा परिपत्र भइसकेको छ।
निर्णयअनुसार अब उच्च अदालत नियमावली र जिल्ला अदालत नियमावली संशोधन हुनेछ। पेसी तोक्ने व्यवस्थाको अधिकार हालसम्म उच्चमा मुख्य न्यायाधीश र जिल्लामा पनि वरिष्ठतम् पहिलो नम्बरको न्यायाधीशलाई छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध असन्तुष्ट न्यायाधीशहरूको निर्णयबाट मङ्सिर १५ देखि गोला प्रणाली लागू भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।