काठमाडौ– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आर्सनलले सहज जित हात पारेको छ।
बिहीबार राति सम्पन्न खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा गाब्रियल मार्टिनेली र इमिल स्मिथले एक÷एक गोल गरे।पहिलो हाफ बराबरीमा सकिएको खेलको ४८ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए।
खेलको ६७ औं मिनेटमा भ्लादमिर काउफलले रातो कार्ड पाएपछि वेस्ट ह्याम १० खेलाडीमा सीमित बनेको थियो। खेलको ८७औं मिनेटमा इमिलले गोल गर्दै आर्सनललाई २–० को जित दिलाए।
जितसँगै १७ खेलबाट २९ अंक जोडेको आर्सनल लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ। वेस्ट ह्याम २८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।
प्रिमियर लिग अन्तर्गतकै अन्य खेलमा उल्भ्सले ब्राइटनलाई १–० ले हराएको छ भने साउथह्याम्पटन र क्रिस्टल प्यालेसले २–२ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।