काठमाडौं– नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ।
बुधबार बसेको केन्द्रीय पदाधिकारीको पाँचौं बैठकले आउँदो पुस १० र ११ गते झापामा केन्द्रीय सचिवालयको बैठक गर्ने निर्णय गरेको छ।
यस्तै, पुस ७ गते देशभरी एकसाथ पालिकास्तरीय सम्मेलन गर्ने, पुस १-७ गते भित्रमा क्याम्पस कमिटीको सम्मेलन गर्ने बैठकले निर्णय गरेको छ।
यसैगरी, पुस १५-२२ गते भित्रमा जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने, पुस २५ देखि माघ २ गते भित्रमा विश्वविद्यालय राष्ट्रिय कमिटीको सम्मेलन गर्ने र पुस १३ देखि माघ २ गतेसम्म सम्पर्क कमिटीको सम्मेलन गर्ने बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।