काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले नेपालको सहरी क्षेत्रहरुमा दिउँसो सापेक्षिक आद्रता ३० प्रतिशतको आसपासमा रहेको जनाउँदै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले सामाजिक सञ्जाल ट्विटरमार्फत् यसले स्वास्थ्यमा असर पर्नसक्नेतर्फ सचेत गराएको हो। यसबाट बच्न पर्याप्त पानी पिउन महाशाखाले अनुरोध गरेको छ।
'विगत २/३ दिनदेखि विशेषगरी नेपालको सहरी क्षेत्रहरुमा दिउँसो सापेक्षिक आद्रता ३० प्रतिशतको आसपासमा रहेकोले दिउँसो मौसम सुख्खा भइरहेकोले स्वास्थ्यमा असर पर्नसक्ने देखिन्छ। तसर्थ पर्याप्त पानी पिउनुहुन अनुरोध छ,' महाशाखाले ट्विटरमा लेखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।