काठमाडौं– नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत आज उपसभापतिको मतगणना गर्ने तयारी गरिएको छ।
सोमबार सम्पन्न निर्वाचन अन्तर्गत सभापतिको मतगणना गरिएको थियो। सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि पर्याप्त ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि मंगलबार पुनः मतदान भएको थियो र मतदानमा शेरबहादुर देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका थिए।
सोही दिन निर्वाचन भएको पदाधिकारी र केन्द्रीय सदस्यहरुको भने मत गणना गरिएको थिएन।
त्यसमध्ये बुधबार उपसभापतिको मत गणना गर्ने तयारी गरिएको निर्वाचन समितिका संयोजक गोपाल कृष्ण घिमिरेले जानकारी दिए।
दुई जना उपसभाका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।