काठमाडौं– उरूग्वेले इन्टर मयामीका पूर्वप्रशिक्षक डिएगो ओलन्सोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
ओलन्सोलाई मंगलबार उरूग्वेले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार चार हार व्यहोरेको भन्दै उरुग्वेले गत महिना ओस्कार ताबरेजसँगको १५ वर्षे सहकार्यमा पूर्णविराम लगाएको थियो।
१० टोली सहभागी छनोटमा उरुग्वे सातौं स्थानमा छ। यता, शीर्ष स्थानको ब्राजिल र दोस्रो स्थानको अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेको छ। दक्षिण अमेरिकी छनोटबाट शीर्ष चार टोलीले कतार विश्वकप २०२२ मा सहभागी हुनेछ।
२३ अंकसहित तेस्रो स्थानमा बसेको इक्वेडरको पनि विश्वकप छनोट सम्भावा बलियो छ। कोलम्बिया र पेरु समान १७ अंकसहित क्रमशः चौथो र पाँचौ स्थानमा छन्। छैटौं स्थानको चिली र सातौं स्थानको उरुग्वेको सामान १६ अंक छ।
ओलन्सोको प्रशिक्षणमा उरुग्वे पहिलो खेल जनवरी २७ मा नवौं स्थानको पराग्वेविरुद्ध विश्वकप छनोटमा खेल्नेछ। उक्त खेल जिते उरूग्वे १९ अंक जोड्दै सातौं स्थानबाट चौंथो स्थानमा उक्लिने छ।
चौंथो स्थानमै रहे उरूग्वेले कतार विश्वकप खेल्न पाउने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।