काठमाडौं– मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्सले बोनस सेयर र नगद लाभांश गरी कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। फाइनान्स सञ्चालक समितिको हालै सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।