काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक मान्यतालाई आत्मसाथ गर्दै संसद् सञ्चालन हुन दिन अपिल गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल गर्दै श्रेष्ठले लगातार संसद् अवरुद्ध गरेर लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार भएको बताएका छन्। एमालेले लगातार संसद् अवरुद्ध गरेर बन्दक बनाउन थालेको भन्दै श्रेष्ठले संसद् चल्न दिन आग्रह गरेका हुन्।
‘नेकपा (एमाले )ले संघीय संसद्को बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रुपमा प्रहार गरिरहेको छ। अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो’ श्रेष्ठले भनेका छन्, ‘लोकतान्त्रिक मान्यतालाई आत्मासात गर्दै संसद् सुचारु गर्न नेकपा (एमाले) लाई गम्भीर अपिल गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।