काठमाडौं– बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १४ अंक बढेको छ।
मंगलबार १३७.१८ अंक बढेर २४१८.८४ विन्दुमा पुगेर बन्द भएको नेप्सेआजको प्रि ओपन सेसनमा १४.३५ अंक बढेर २४३३.३० विन्दुमा पुगेको छ। आजको उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स २.३१ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ४१ कम्पनीको १ करोड ४१ लाख १२ हजार ६६२ रुपैयाँ बराबरको २८ हजार ४०५ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा मध्ये ४० कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।