काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा गरेको हो।
कम्पनी सञ्चालक समितिको हालै सम्पन्न बैठकले कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।