फाइल तस्बिर
काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन्।
अध्यक्ष नेपालले हालै सम्पन्न महाधिवेशनबाट सभापतिमा विजयी देउवालाई शुभकामना दिएका हुन्।
बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष नेपालले सभापति देउवालार्य बधाई दिएका हुन्।
‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ अध्यक्ष नेपालले ट्विटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।