काठमाडौं– साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज (बुधबार) श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।
बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र श्रीलंकाबीचको खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ।
श्रीलंकाविरुद्ध मैदान उत्रँदा नेपाली टोली जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो।श्रीलंका यसअघि भुटान र भारतसँग पराजित भएको थियो।
च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले भुटानविरुद्ध डिसेम्बर १७ र अन्तिम खेल भारतविरुद्ध डिसेम्बर १९ मा खेल्नेछ।
प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागी छन्।
राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ। शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।